संखुवासभाका युवाहरुले चलाए संसद बैठक



संखुवासभा । माननीय सदस्यहरू, सम्माननीय सभामुख भनेर एक जना मर्यादा पालकले संसद् बैठकमा सभामुखको आगमन भएको जानकारी गराए । जानकारी गराए लगत्तै दारौ सुरुवाल र टोपी लगाएका एक युवा सभामुखको र र अर्को एक जना महासचिवको परिचयपत्र लगाएका व्यक्ति हल प्रबेश गरे । उनीहरु हल प्रबेश गरे पछि सभाहलमा बसिरहेका सबै जना उठे ।

राष्ट्रिय गानको धुन बज्यो । त्यसपछि सभामुखले बैठक सुरुवात गरे । सभामुखले उनले ६ जना सांसदलाई शून्य समयको १/१ मिनेट समय दिए । शून्य समयको सदुपयोग गर्दै सांसद प्रतिभा राईले अहिले नेपालमा २५ प्रतिशतले मात्र रोजगारी पाएकाले बाँकी जनताका लागी के कस्ता रोजगारीका नीति तथा कार्यक्रम यो सरकारले ल्याएको छ भन्दै सभामुख मार्फत प्रधानमन्त्रीलाई प्रश्न गरिन् । त्यस्तै अर्को सांसद् निमा शर्पाले नगर क्षेत्र भित्र ढल निकास नभएकाले यो ढल ब्यवस्थापनको क्षेत्रमा युवा सरकारले के योजना बनाएको भन्दै सरकारलाई सभामुख मार्फत ध्यानकर्षण गराउन चाहान्छु भनिन् । शुक्रबार खाँदबारीमा नमुना संसदको अभ्यास गर्दै नमुना युवा सांसदले शून्य समयमा सरकारका काम कार्रवाही प्रति आ–आफ्नो धारण ब्यक्र गरे ।

संघीय संसदको झझल्को दिने गरी व्यवस्थापिका संसद्मा सभामुखले सांसद्हरुलाई रुलिङ गरिरहेका थिए । नमुना संसद्मा सत्तापक्षले सरकारको समर्थन गरे। भने प्रतिपक्षीले सरकारको नीति तथा कार्यक्रमको विरोध गरे । प्रतिपक्षिले सांसद्ले दलित जनजाती पिछडीएको वर्ग प्रति कुनै कार्यक्रम नल्याइएको भन्दै सदनमा सरकारको आलोचना गरेका थिए । शून्य समय, मन्त्रीसँग प्रश्नोत्तर, प्रधानमन्त्रीसँग प्रश्नोत्तर र विशेष समयमा उठाइएका प्रशनको जवाफ मन्त्रीले दिएका थिए । भने नमुना संसद्का प्रधानमन्त्री सविना पोख्रेलले सरकार युवाका लागी बिशेष तालिम तथा जिवन निर्वाह भत्रा ब्यवस्था गरिएको बताइन् । विद्यार्थीका लागी सुविधा सम्पन्न विद्यालय तथा शौचालय निमार्ण गर्न लक्ष राखेको बताइकी थिइन् । किसानका लागी बिशेष अनुदान र बजारीकरणको ब्यवस्था गरेको जानकारी गराइन् । प्राकृतिक विपत्तिमा परेकाहरुका लागि तत्काल सरकारले उद्दार तथा राहतको ब्यवस्था मिलाउन मातहतका निकायलाई खटाइएको जानकारी दिइन् ।

नमुना सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति प्रज्वल श्रेष्ठले प्रस्तुत गरेका थिए । नमुना संसद् अभ्यास जिल्ला युवा समिति र खाँदबारी नगरपालिकाको आयोजना गरेको हो । नमुना संसद भवनमा मर्यादा पालक बोहक अन्य प्रधानमन्त्री, सभामुख र मन्त्रीले सारी चोली र दौरा सुरुवाल लगाएका थिए । भने अन्य सांसद सवै आ–आफ्नो मौलिक पहिचालनका पोसाकमा उपस्थित भएका थिए । नमुना संसद्मा नगरका ११ वटै वडा युवाहरुको उपस्थिती रहेको थियो । गत बैशाख २५ गते सुरु भएको संसद् २७ गते कार्यत्रम पास गर्दै बैठक टुंगिएको थियो ।

३ दिनसम्म चलेका कार्यक्रममा सरकार, संसद र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे अभ्यास गरिएको थियो । नमुना संसदमा सर्वसहमतिमा प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, गृहमन्त्री र अन्य मन्त्री चयन गरिएको थियो । सभामुखमा एवि तामाङ र राष्ट्रपतिमा प्रज्वल श्रेष्ठ रहेका थिए । गृह मन्त्री दिवश खत्री, अर्थ मन्त्री निरु बुढाथोकि, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा गंगा विक, युवा तथा खेलकुल मन्त्री दिवस घिमिरे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विक्रम गुरुङ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सरिता निरौला चयन भएकी थिइन् । भने प्रमुख प्रतिपक्षी दलको नेता मुना कुलुङ चुनिएकी थिइन् । नमुना संसदमा २९ जान सदस्यहरु रहेका थिए । त्यस्तै नगर युवा संसद्ले विजय कार्की र सुस्मिता श्रेष्ठलाई प्रदेश संसद्मा नियुक्ती गरेको जानकारी दिएको छ ।

पछिल्लो समय संसदमा बैठक बस्ने क्रममा सत्तारुढ दल र प्रतिपक्ष दल विच भईरहेको आरोप प्रत्यारोप र खिचातानीलाई ब्यंग्य गर्न समेत नमुना संसद सञ्चालन गरिएको सहभागी युवाहरुले बताएका छन् ।

सम्बन्धित समाचार