हावाहुरीले खाँदबारीमा लाखौंको क्षती




खाँदबारी । सोमबार दिउँसो आएको हावाहुरीले खाँदबारी नगरपालिकाको विभिन्न स्थानमा क्षती पुराएको छ । खाँदबारी नगरपालिकाको टुँडीखेल, घिमिरे गाउँ, वेलफेयर, जिल्ला कारागार क्षेउ लगायतमा लाखौ मुल्य बराबरको क्षती पुगेको हो ।

अघिकांस स्थानमा घरको छानो उडाएको छ भने ठाउँठाउँमा रुख लडेर क्षती पुराएको छ । खाँदबारी १ स्थीत कारागार छेउमा दलबहादुर राईको घरलाई रुख लडेर किच्याएको छ । हालसम्म आएको क्षतिको बिवरण अनुसार करिब १५ लाख रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी प्रमुख श्याम सारु मगरले जानकारी दिनुभयो ।

हालसम्म प्राप्त जानकारी अनुसार जिल्लाको अन्य क्षेत्रमा क्षती नपुगेको डिएस्पी मगरले बताउनुभयो । थप जानकारी भने आउन बाँकी रहेको उहाँको भनाई छ ।
असिना पानी र हावाहुरीपछि खाँदबारी र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार