धरानमा दिउँसै गोली प्रहार,लघुबित्तका कर्मचारी लुटिए



धरान । धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा गोली प्रहार भएको छ । जीवन विकास संस्था नामको बित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरेर नगद लुटिएको हो ।

गोली प्रहारबाट कर्मचारी शम्भु गच्छदार घाइते छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गच्छदारसँग भएको ४ लाख नगद लुटिएको बताइएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । एसपी अधिकारी अहिले धरान आइरहेका छन् भने घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसहितको टोली गएको छ ।

घटनापछि धरान र आसपासको नाकामा कडाई गरिएको छ । गोली चलाएको भन्ने अपुष्ट खबर आएको थियो । कुहिनामा चोट लागेको भन्ने छ । घटनामा डिएसपी सापको टोली गएको छ, म आफै पनि धरान आउदैछुँ, एसपी अधिकारीले भने ।

सम्बन्धित समाचार