चीनमा करेन्ट लागेर एक संखुवासभालीको मृत्यु




संखुवासभा । चिनको देन्दाङ शहरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभा जिल्ला मकालु गाउँपालिका २ का अमरबहादुर खुम्बु रहेको छन् ।
खुम्बु चीन सरकारको निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिनुभयो । उहाँको उपचार गर्न खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। खुम्बुलाई उपचार लागि खाँदबारी ल्याउँदै गर्दा भोटखोला गाउँपालिका १ मा मृत्यु भएको बताइएको छ। आइतबार मृत्यु भएका खुम्बुको शव पोष्टमार्टमका लागि हेलिकोप्टरबाट सोमबार ११ बजे जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

त्यस्तै चीनको चाँगा शहरको सडकमा काम गर्न गएका सभापोखरी गाउँपालिकाका १ का मनिष गिरी घाइते भएका छन् । गिरीको सडकमा ढलान गर्न क्रममा मेशिनले दाहिने हातको सबै औला काटिएको प्रहरीले जनाएको छ। गिरीलाई उपचारका लागि हेलिकोप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ । उता खुम्बुको मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ।

खुम्बुको शरीरमा चोटपटक र निलडाम देखिएकाले मृत्यु शंकास्पद भएको परिवारले जनाइको छ। सामान्य ढंगले हेर्दा करेन्ट लागेको जस्तो नदेखिएकाले घटनाको सत्य तथ्य नबुझिकन पोष्टमार्टम नगर्न परिवारको भनाइ छ।

सम्बन्धित समाचार