सुमन कुलुङले जीते एभरेष्ट म्याराथनको उपाधी



सोलुखुम्बु । तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधी सुमन कुलुङले जितेका छन् । कुलुङले ४२ दशमलव १६ किलोमिटरको दूरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन् ।

त्यसैगरी कपिलदेव बुढा दोस्रो भएका छन् । बुढाले ३ घण्टा ५६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेका हुन् । म्याराथनको तेस्रो स्थान रामकुमार राजभण्डारीले हासिल गरेका छन् । उनले ३ घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

६० किलोमिटरको अल्ट्रा म्याराथन, २१ किलोमिटरको हाफ म्याराथनको भने नतिजा आउन बाँकी रहेको नाम्चेबाट आयोजक संस्थाका सुजन मानन्धरले जानकारी दिए ।

सम्बन्धित समाचार