नेकपा संखुवासभाका पदाधीकारीले लिए सपथ (जिल्ला कमिटि सुचिसहित)




खाँदबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संखुवासभा जिल्ला कमिटिलाई पुर्णता दिएको छ । सनिबार केन्द्रिय प्रतिनिधीहरुको उपस्थितीमा एक बृहद कार्यक्रमको अयोजना गरि जिल्ला कमिटीका पदाधीकारीहरुलाई सपथ ग्रहण समेत गराएका छन् ।

पुर्व एमालेका जिल्ला अध्यक्ष हेमराज घिमिरेको अध्यक्षतामा एक सय ३७ सदसिय जिल्ला कमिटि गठन गरिएको हो । समितिको सचिवमा भरत जिमी चयन हुनुभएको हो । समितिमा पुर्व एमालेबाट ७७ र पुर्व माओवादीबाट ५८ जना जिल्ला कमिटिमा चयन भएका हुन् । पुर्व माओवादीबाट सवै सदस्यहरुको अन्तिम टुंगो लागिसकेको छ भने पुर्व एमालेबाट ८ जनाको नाम सिफारिस हुन बाँकी रहेको नेकपा संखुवासभाका अध्यक्ष हेमराज घिमिरेले जानकारी दिनुभयो ।

सनिबार खाँदबारीमा आयोजित सपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रदेश १ ईञ्चार्ज भिम आचार्य, सहईञ्चार्ज सावित्री कुमार काफ्ले, प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रदेश कमिटी सचिव सुरेश कुमार राई, केन्द्रिय सदस्य राजेन्द्र कार्की लगायतको उपस्थिती थियो ।

यसै विच, सनिबार प्रेस संगठन संखुवासभाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । प्रेस संगठन संखुवासभाका संयोजक विनोद सुब्बा गुरुङको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश पदाधीकारीहरुले बर्तमान राजनितिक अवस्थाको बारेका बोलेका छन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै प्रतिपक्षी कांग्रेसले सरकारलाई अधिनायकवाद लादेको भनेर आफैले अधिनायकवादी सोच राखेको आरोप लगाउनुभयो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राम्रा सल्लाह सुझावहरुलाई आत्मसात गर्दै वर्तमान सरकार अघि बढेको समेत बताउनुभयो ।

उहाँले प्रस्तावित मिडिया विधेयकको बारेमा बोल्नुहुँदै सञ्चारकर्मीहरुको मर्म विपरित मिडिया विधेयक पारित भएर नजाने बताउनुभयो । तर केही सञ्चार कर्मीहरुले पन अराजकता देखाएको बताउनुभयो ।

जिल्ला कमिटि सदस्य सुची यस प्रकारका छन् ।

सम्बन्धित समाचार