जागरण अभियान सोचेभन्दा राम्रोः सीता गुरुङ




खाँदबारी । नेपाली कांग्रेसको जागरण अभियान संखुवासभामा सफलता पुर्वक सम्पन्न भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व राज्यमन्त्री सिता गुरुङले बताउनुभएको छ । सनिबार खाँदबारीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ता बताउनुभएको हो ।

बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियानको पहिलो चरण संखुवासभामा पनि सम्पन्न भएको जानकारी गराउनुहुँदै आफुहरुले सोचेको भन्दा पनि उपलब्धी मुलक भएको उहाँले दावी गर्नुभयो । संखुवासभाको दश स्थानीय तहहरुको सवै वडाहरुमा प्रतिनिधीहरु मार्फत जागरण कार्यक्रम भएको र आफु ६ स्थानीय तहमा प्रत्यक्ष पुगेर कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो । सरकारको पछिल्लो गतिविधी जनचाहना विपरित भएकोले ठुलो संख्यामा नेकपाकै कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने लहड बढेको गुरुङले बताउनुभयो । सरकारले अधिनायकवाद लादेकै कारण उनीहरुको विश्वास घटदै गएकोले धेरै जसो युवाहरु नेपाली कांग्रेसमा प्रवेश गर्न थालेको उहाँको भनाई थियो । गुरुङ जागरण अभियानमा संखुवासभाका लागि केन्द्रिय प्रतिनिधी हुनुहुन्थ्यो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै जिल्ला सभापति दिपनकुमार श्रेष्ठले मुलुकमा अप्ठ्यारो परिस्थीतिमा नेपाली कांग्रेसको आवश्यकता पर्ने गरेको वताउनुभयो । मुलुकमा निरंकुशता आए कांस्रेस त्यसको विपक्षमा उभिदै आएको उदाहरण दिनुहुँदै पुन कांग्रेसको खाँचो महसुस हुन थालेको दावी गर्नुभयो ।

सम्बन्धित समाचार