नेकपामा सिलिचोङबाट ६ जिल्ला सदस्य




ताम्कु । दुर्गम स्थानीय तहको रुपमा लिईने सिलिचोङ गाउँपालिकाले नेतृत्व नपाएको कुरा आईरहदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी ६ जनाले उपस्थिती जनाएको छ । हालै पुर्णता दिईएको जिल्ला कार्य समितिमा सिलिचोङबाट ६ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् ।

जिल्ला कार्य समितिमा दुर्गाकिरण राई सिगापा २, छत्रजंगबहादुर कार्की सिगापा ४, हस्तमान कुलुङ सिगापा २, मञ्जिल कुलुङ सिगापा १, पञ्चकिरण कुलुङ सिगापा १ र देवीकुमारी मेवाहाङ सिगापा ३ रहेका छन् । जसमध्ये मञ्जिल कुलुङ जिल्ला सचिवालय सदस्यमा समेत चयन भएका छन् ।

६ जना मध्ये दुर्गाकिरण राई र हस्तमान कुलुङ साविक नेकपा एमालेसम्बद्ध हुन् भने बाँकी सवै नेकपा माओवादीमा आवद्ध थिए । जिल्ला कार्य समितिमा यो उपस्थितीसँगै सिलिचोङमा नेकपाको प्रभाव बढ्ने अपेक्षा नेकपाले लिएको छ ।

यसै विच, नेकपाको जिल्ला कमिटीमा समावेश भएको सवैलाई नेपाली कांग्रेस सिलिचोङ गाउँपालिकाका सभापति भुपाल मेवाहाङले बधाई दिएका छन् । ईमकालु अनलाईनसँग कुरा गर्दै उहाँले सफल कार्यकालको शुभकामना दिएका हुन् । हाल जिल्ला समितिमा रहेका सदस्यहरु नेकपाको आगामी निर्वाचनबाट समेत यत्तिकै संख्यामा निर्वाचित हुनसमेत शुभकामना दिए ।

नेकपाको जिल्ला कमिटिमा उल्लेख्य उपस्थितीले सिलिचोङको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुहुँदै राजनितिक दल विच आपसी समझदारी र सहकार्यलाई निरन्तरता दिने विश्वास ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार