आन्दोलनमा एम्बुलेन्सलाई बाटोको चर्चा



काठमाण्डौ – नेपालमा आन्दोलन वा प्रदर्शन भन्नेबित्तिकै के सम्झनहुन्छ ? तोडफोड, बन्द, आगजनी, ढुङ्गा हानाहान । प्रदर्शनका क्रममा एम्बुलेन्सले बाटो नपाउँदा बिरामीको ज्यान बाटोमै गएका समाचार पढेका सुनेका छौँ हामीले ।

कतिपय घटनामा चालक गाडीमै भएको अवस्थामा समेत आगजनी गरिएको छ । साइरन बजाएर आएका एम्बुलेन्सलाई प्राथमिकता दिएर बाटो छाड्दा बिरामीको ज्यान त जोगिन्छ । सन्देश पनि गतिलै जान्छ ।

गुठी विधेयकको विरोधमा उत्रिएका उपत्यकावासीले एम्बुलेन्सलाई बाटो दिएको भिडियो यति बेला चर्चामा छ । बुधबार माइतीघरमा भएको प्रदर्शनमा प्रदर्शन गर्न लायक धेरै कुराहरु थिए । गायक योगेश्वर अमात्यले प्रहरीलाई फूल बाँडेको देखि प्रदर्शनकारीले फोहोर उठाएकासम्मका घटनाको चर्चा भैरहेको छ ।

केही दिनअघि हङकङमा सुपुदर्गी विधेयकको विरोधमा सडकमा लाखौँ मानिस ओर्लँदा पनि एम्बुलेन्सले सहज रुपमा बाटो पाएको थियो । त्यस घटनालाई विश्वभरमा सञ्चार माध्यमले प्रशंसा गरेका थिए ।

सम्बन्धित समाचार