विद्यार्थीलाई मृत्युदर घटाउन सिकाउँदै गण्डकी सरकार





पर्वत : बुधवार दिउसो पर्वतको कुस्मा नगरपालिकामा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरूले डमी अर्थात् प्लास्टिकबाट निर्माण गरिएको मानिस प्रयोग गरेर पालैपालो कृत्रिम श्वास प्रश्वास गराउने अभ्यास गर्दै थिए।  कोहीले भने हृदयघात भएको नाटक गर्दै छाती अँठ्याउँदै भुईँमा पल्टिरहेका थिए भने उनीहरूलाई अन्य विद्यार्थीहरूले बसाइको अवस्था मिलाउँदै छातीमा थिचेर बचाउने प्रयास गरिरहेका देखिन्थे। विद्यार्थीहरूले गरिरहेका यी क्रियाकलापलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. जीवन थनेतले नियालिरहेका थिए। विद्यार्थीहरूले हृदयघात हुँदा, दुर्घटना भई रक्तश्राव हुँदा र केही खानेकुरा खाँदा सर्किएको बेलामा के के गर्नुपर्छ? भनेर सिकिरहेका बेला उनीहरूलाई प्राविधिक ज्ञान दिने काम उनले गरिरहेका थिए।

यो नमुनासहितको प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको हो। पछिल्लो समय अनुमानित गरिएको उमेर समूहभन्दा बाहिरका व्यक्तिहरूलाई पनि हृदयघातको समस्या देखिँदै गएपछि मन्त्रालयले यसको नियन्त्रणको प्रयास स्वरूप विद्यालयहरूमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। ‘प्रदेशका एघार जिल्लाका केही विद्यालयहरूमा यस्तै खालका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
थाहा खबरबाट 

सम्बन्धित समाचार