सुनकोशीमा माछा मार्न गएका २ विद्यार्थी बेपता



 

 

उदयपुर 

माछा मार्न सुनकोशी नदीमा गएका उदयपुर लिम्चुङबुङ गाउँपालिकाका दुई विद्यार्थी बेपत्ता भएका छन् ।

उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुबेर दुई विद्यार्थी बेपत्ता भएका हुन् । लिम्चुङबुङ गाउँपालिका–१, बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई सुनकोशीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको वडाध्यक्ष भिमबहादुर राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी राखेको बताए। देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

थाहा खबरबाट 

सम्बन्धित समाचार