प्रधानध्यापकबाट नै निर्घात कुटिईन् छात्रा



मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ मा रहेको बाल सदन एकेडेमीका प्रधानध्यापक दिपक केसीले उक्त विद्यालयमा अध्यायन गर्ने कक्षा ८ कि १५ वर्षिया छात्रा सृष्टि यादवलाई कुटपिट गरेका छन ।

मंगलबार कक्षा कोठामा पढिरहेको अवस्थामा साथीहरु सँग जिस्किने क्रममा पेपरमा जथाभावी शब्द लेखेको विषयलाई आधार मानेर प्रधानाध्यापक केसीले आमाकै अगाडि कुटेको यादवले बताईन । बालिका मुटुको विरामी छन । विद्यालय प्रशासनलाई उनी विरामी रहेको थाह भएपनी वेवास्ता गर्दै प्रधानाध्यापक बाट नै निर्मम कुटपिट भएको अभिभावकको गुनासो छ ।
छोरी कुटेको विषयमा बुझ्न् जाँदा प्रधानाध्यापक केसीले जातपातको कुरा गरेको बालिकाकी आमा रेनुका यादवले आरोप लगाईन । उनले आफ्नो छोरीले कागजमा त्यस्तो लेख्नु गल्ती गरे पनि शिक्षकले त्यसरी कुट्नु नहुने र मानविय संवेदनशिलतालाई ख्याल गर्नु पर्ने बताईन । प्रधानध्यापक केसीले आफुले बिद्यार्थी कुटेको तर डर देखाउनलाई त्यस्तो गरेको बताए ।

सम्बन्धित समाचार