जेहेन्दार बिध्यार्थीलाई सहकारीको छात्रवृत्ती



माेरङ / लर्डबुद्ध सहकारी संस्थाले दुई गरिव तथा जेहेन्दार बिध्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । मोरङको पथरी शनिश्चरेमा रहेर बित्तिय कारोबार गदै आएको सस्थाले पथरीशनिश्चरे ७ चन्द्र किरातेश्वर मा वि का १ छात्र १ छात्रालाई एक बर्ष सम्म लाग्ने सम्पुर्ण खर्च उपलब्ध गराएको हो । छात्रवृत्ती पाउनेमा कक्षा १० मा अध्यानरत योमन लिम्बु र कक्षा ९ मा अध्यानरत जस माया लिम्बु रहेका छन ।

दुबै बिध्यार्थीको अर्थिक अवस्था अत्यान्तै कम्जोर र पढाई तेस्रो स्थान हासिल गदै आएका छन । योमनका बाबु दैबै किड्नी फेल भएर डाईलोसिस गदै बसेका छन भने योमन आर्थिक अभावका कारण आफ्न्तकोमा बस्दै धेरै बिध्यालय फेरी १० दश सम्मको अध्यान गर्दै आएका छन ।

जसमायाको घरायसी अवस्था अत्यन्तै कम्जोर बाबू आमा ज्याला मज्दुरी गर्ने गर्छन भने आफ्नो घर जग्गा नभएकाले अरुकै सरणमा बस्दै आएका छन । ठुलो परिवार हुँदा पनि जेहेन्दार, अनुसाशित तथा कक्षाको तेस्रो हुन सफल बिध्यार्थी हुन ।

लर्ड बुद्ध सहकारीको बार्षीक निती तथा कार्यक्रम अनुसार छात्रवृत्ती बितरण कार्यक्रम भएको र उक्त बिध्यार्थीको पारिवारीक अवस्था र पढाईमा लगनसिल्ता भएकाले छात्रवृत्ती बितरण गरेको अध्यक्ष धनराज राईले बताए ।

सस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायीक बिध्यालमा अध्यानर गरिव तथा जेहेन्दार बिध्यार्थीलाई हौसला प्रदान बार्षिक निती तथा कार्य बनाएर छात्रवृद्धी गर्दै जाने संस्थाका ब्यावस्थापक गणेश बाछाना राईले बताए ।

सम्बन्धित समाचार