आफ्ना सासु–ससुरालाई राम्रो हेरचाह गर्ने बुहारी सम्मानित



काठमाडौँ : पाल्पाको पूर्वखोला गाउँपालिका–२ को कार्यालयले सासु–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ।उमेर ढल्कँदो अवस्थामा रहेका सासु–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो । यो कार्यको पाठ सिक्न सके भने बुढेसकालमा ज्येष्ठ नागरिकले दुःख भोग्नुपर्ने थिएन ।

ढल्कँदो उमेरमा रहेका सासु– ससुराको स्याहार सुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहुँदै कोही पनि वृद्धा श्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए । शारीरिक रूपमा अशक्त सासु–ससुराको पालनपोषण गर्ने दायित्व सन्ततीहरु कै भएको सम्मानित बुहारी शान्ती देवकोटाले बताईन् ।

त्यसैगरी ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । वडाले गरेको यस कार्यप्रति खुशी र रमाइलो लागेको १०० वर्षीया चन्द्रकला न्यौपाने बताउँछिन् । यो उमेरमा आएर सम्मानित हुन पाउँदा उनी दङ्ग छिन् । समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिनुका सट्टा बोझक रूपमा हेर्ने सन्तति पनि हाम्रै समाजमा छन् ।

धनकुटा खबरबाट 

सम्बन्धित समाचार