विश्व योग दिवस मनाइँदै



असार ६ । विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।

हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेर विश्व योग दिवस मनाइँदै छ ।

योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।

योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धिकरण हुने मान्यता छ । योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्‍याउने योग गुरुहरु बताउँछन् ।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।

सम्बन्धित समाचार