चीन र उत्तर कोरियाबीच सहकार्य गर्ने सहमति



असार ६ । चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति भएको छ ।

अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सहमति भएको हो । उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी र उत्तर कोरियाली नेताबीच भएको भेटवार्तापपछि सहकार्य गर्ने सहमति भएको हो ।

चिनियाँ राष्ट्रपति सी र नेता किमबीचको यो भेटवार्ता र सहमतिलाई ऐतिहासिक विन्दुका रूपमा पनि व्याख्या गरिएको छ । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछि उत्तर कोरियाको भ्रमण भएको हो ।

दुई देशको मात्रै नभई क्षेत्रीय र विश्वव्यापी हितका लागि पनि आफूहरूले सँगसगै काम गर्न चाहेको सीले बताए । चीन र उत्तर कोरियाको सम्बन्ध र सहकार्यलाई अन्तर्राष्ट्रियस्तरबाट रणनीतिक महत्वका साथ हेर्ने गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा दुवै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । दुई देशबीच दौत्य सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा गएका हुन् ।

इमेज खबरबाट ]

सम्बन्धित समाचार