देशलाई आवेश र उत्तेजनातिर लैजान खोजियो : प्रधानमन्त्री



काठमाडौं, असार ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवेश र उत्तेजनातिर लैजान खोजिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई उत्तेजनामा लैजाने प्रयास निस्तेज पारेर सरकारले देशलाई समृद्धिको यात्रामा अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले राजनीतिक अस्वस्थतालाई निर्मुल पार्नका लागि पनि योग आवश्यक रहेको बताए ।

शारीरिक, मानसिक, सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रको सुधारको लागि योग आवश्यक रहेकोमा उनले जोड दिए ।

लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।

नेपालमा योगको अभ्यास परापूर्वकालदेखि हुँदै आएको भन्दै प्रधानमन्त्री ओलीले योगको विकासमात्र हैन, विस्तारमासमेत जोड दिए ।

सम्बन्धित समाचार