गैरकानुनी तवरले एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ



असार ६, २०७६ काठमाडौं : अनाधिकृत र गैरकानुनीरूपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ बस्ने बारा पिपरपानी-७ घर भएका ३३ वर्षीय राजु कुमार पाण्डेलाई पक्राउ गरेको हो। उनले राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटिएम वुथबाट विभिन्न कार्डहरु प्रयोग गरी २० लाख रुपैयाँभन्दा बढी रकम निकालेको प्रहरीले जनाएको छ। पाण्डेको साथबाट विभिन्न बैंकका डेविड कार्ड, मास्टर कार्ड र भिषा कार्डसमेत गरी १२ थान, मोबाइल २ थान, ल्यापटप २ थान, नगद  ६ लाख ८६ हजार रुपैयाँ र बा.७३ प ७६८५ नम्बरको मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ। पाण्डेले ठमेलमा चिनजान भएका ३ जना रोमानियन नागरिकसँग मिलेर उक्त बैंकका एटिम बुथबाट अनाधिकृतरूपमा रकम निकाल्ने गरेको खुल्न आएको छ। उक्त रकम उनीहरुले आपसमा बाँडफाँड गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको र हाल तीनैजना  रोमानियन नागरिकहरुले नेपाल छोडी सकेको बुझिएको उक्त व्यूरोले जनाएको छ।

थाहा खबरबाट 

सम्बन्धित समाचार