पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो २० हजार बढी हस्ताक्षर



असार ६, २०७६ काठमाडौं : नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू अविलम्ब फिर्ता लिन माग गर्दै संकलन गरेको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाइएको छ। महासंघको तेस्रो चरणको आन्दोलनका क्रममा प्रेस स्वतन्त्रताको पक्षमा असार ३ गतेदेखि शुरु गरेको देशव्‍यापी हस्ताक्षर संकलन अभियानअन्तर्गत संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको हो।

महासंघका ७७ वटै शाखाहरूले संकलित २० हजारभन्दा बढी हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको हो। पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधिमण्डलले संकलित हस्ताक्षर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ।

सम्बन्धित समाचार