भरतपुर अस्पतालमा सर्पदंशका ९३ विरामी



६, असार, चितवन । चितवनको भरतपुर अस्पतालमा चालु आर्थिक बर्षको असार पहिलो सातासम्म ९३ जना सर्पले टोकेका विरामीहरु उपचारका लागि आए ।

गर्मीयाम बढेसँगै सर्पदंशका विरामीसमेत बढ्न थालेको अस्पतालको आकस्मिक विभाग इन्चार्ज राजकुमार ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए । चालु आर्थिक बर्ष ०७५÷०७६ को जेष्ठमसान्तसम्म मात्र बिषालु सर्पले टोकेर आएका ९० जनाको उपचार गरिसकेको छ । असारको पहिलो सातामा थप ३ जना अस्पताल आएका छन् ।

यसरी उपचार गर्न आउने बिरामीको तथ्याङक हेर्दा ४६ जना महिला र ४७ जना पुरुष छन् । चितवन मात्रैं नभएर अन्य वरपरका जिल्लाबाट समेत सर्पले टोकेका विरामीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा नै ल्यााउने गरिएको छ । बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, लमजुङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, र नवलपरासीबाट सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेका छन् ।

सबैभन्दा बढी नवलपरासीबाट मात्रै ०७५ असारदेखि हालसम्म ४७ जनाले उपचार लिएको अस्पतालको रेकर्डमा उल्लेख छ । २०७६ बैशाखबाट हालसम्म नवलपरासीबाट २१ जनाले उपचार लिइसकेका छन् । चालु बर्षमा सर्पदंशका विरामीहरुको मृत्युदर पनि अति नै न्यून रहेको इन्चार्ज ढुंगानाले बताए । अस्पतालको रेकर्डमा जम्मा एक जनाको मात्रैं उपचारको क्रममा ज्यान गएको छ ।

मौसम परिर्वतनसँगै विषेश गरी जाडोयाम मंसिर, पुष, माघ र फागुनमा सर्पदंशका विरामी आएको पाइदैन । बाँकी ८ महिनामा उपचार लिन आउने गरेको आकस्मिक कक्ष इन्चार्ज ढुंगानाले बताए । पछिल्लो समयमा अस्पतालमा दैनिक १० जनाको हाराहारीमा सर्पले टोकेको विरामी आउने गरेका छन् । त्यसलाई व्यवस्थित गर्नका लागि अस्पतालले आकस्मिक कक्षमा ४ वटा वेड छुट्टाएको छ । अस्पतालले सर्पदशंका विरामीलाई लक्षित गरी अब्जरभेसनमा १ वटा वेड, ज्म्ग् मा १ वटा वेड र क्ष्ऋग् मा २ वेड छुट्याएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले सर्पदंशका विरामीलाई समयमा नै अस्पताल ल्याउन सकिए बचाउन सकिने भएकोले ढिला नगर्न जनसमुदायलाई अपिल गरे । भरतपुर अस्पतालमा मात्रैं सर्पदंशको उपचार गरिने भएकोले सिधैं अस्पताल आउन मेसु डा. बगालेको आग्रह छ ।

उपचारका लागि आवश्यक पर्ने औषधी एन्टी स्नेक भेनम अस्पतालले विरामीलाई निःशुल्क उपलब्ध गराउदै आएको छ । एउटा विरामीमा सर्पले डसेको लक्षण देखिएपछि सामान्यतय १० देखि १२ भाइलसम्म एन्टि स्नेक भेनम दिनुपर्ने आकस्किम विभाग इन्चार्ज ढुंगानाको भनाइ छ ।

अनलाइन खबर बाट

सम्बन्धित समाचार