व्यवसायिक काँक्रो खेती कसरी गर्ने ? जानी राखौं !



काठमाडौं । लहरे बाली अन्तर्गत पर्ने काँक्रोको पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । यसको खेती न्यानो तथा गर्मि मौसम गर्न सकिन्छ । काँक्रोमा खनिज लवणहरु, भिटामिन वी, र सी तथा अरु शक्तिवद्र्धक तत्वहरु पाईृन्छन् । काँक्रोमा धेरै औषधीय गुणहरु हुन्छन् भने काँक्रो खानाले ग्याष्ट्रिक, अम्लिएता, कब्जिएत र मोटोपनसमेत घटांउन मदत गर्दछ । स्वास्थ्य उपयागी काँक्रोको खेती कसरी गर्ने महत्पूर्ण टिप्सहरु जान्न आवस्यक छ । यसैं अन्तर्गत कृषि व्यवस्थापन सूचना प्रणलीले तयार पारेको टिप्सहरु निम्न प्रकारका छन् ।

१- काँक्रो समूह अन्तर्गत पर्ने अन्य तरकारी वालीहरु कुन कुन हुन ?
यस समूह अन्तर्गत पर्ने वालीहरुमा फर्सि, करेला, बरेला, लौका, घिंरौला, झिंगनी, परवल, तरबुजा, खरबुजा, कुभिण्डो, स्क्वास र इस्कुस आदि हुन ।

२- काँक्रोको प्रयोग कुन कुन रुपमा गर्न सकिन्छ ?
यसको प्रयोग सलादको रुपमा बढी गरिन्छ । यसको साथ साथै ताजा अचार खल्पी तथा तरकारीको रुपमा पनि गरिन्छ ।

३- काँक्रोमा कुन कुन खनिज तत्वहरु बढी मात्रामा प्राप्त हुन्छन् ?
यसमा खनिज लवणहरु, भिटामिन वी, र सी तथा अरु शक्तिवद्र्धक तत्वहरु पाईृन्छन् । काँक्रोमा धेरै औषधीय गुणहरु हुन्छन् । काँक्रो खानाले ग्याष्ट्रिक, अम्लिएता, कब्जिएत र मोटोपनलाई घटांउदछ् ।

सम्बन्धित समाचार