साढे २ लाख बराबरको अवैध केराउ बरामद



गुलरिया : भन्सार छलेर चोरी निकासी गर्दै लैजाँदै गरेको अवस्थामा प्रहरीले १ सय बोरा केराउसहित मिनिट्रक बरामद गरेको छ ।

गुलरिया नगरपालिका–८ स्थित सडक खण्डबाट भे १ क २६२ नम्बरको मिनिट्रकसहित २ लाख ६० हजार मुल्य बराबरको केराउ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिनिट्रक, केराउसहित चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षीय रोशन भट्टराईलाई नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराका अनुसार मिनिट्रक र केराउको मुल्य १२ लाख ६० हजार रुपैयाँ हो ।

सम्बन्धित समाचार