संखुवासभाको मकालुमा २८ घर परिवार विस्थापित



संखुवासभा । जिल्लाको मकालु गाउँपालिकामा पहिरोका कारण २८ घर परिवार विस्थापित भएका छन्। असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका ५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका हुन् ।

पहिरोबाट २२ घर उच्च जोखिममा परेको वडा ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिए। पहिरोले पेपुवाका २९ घर परिवार विस्थापीत भएपछि एकै ठाउँमा भेला भएर रातभर जागारम बस्ने गरेको वडा अध्यक्ष गुरुङले बताए। पेपुवाका चारैतिर पहिरो झरेकाले स्थानीय त्रसित भएको उनले बताए। कुनै पनि बेला माथिबाट पहिरो खस्ने भएकाले पेपुवाका चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सारिने वडा अध्यक्ष राईले बताए।  पहिरोको उच्च जोखिममा परेका २२ परिवार पनि घर छाडेर नजिकैको खुल्ला स्थानमा पाल टागेर बसिरहेको उनले बताए। गैरी गाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाँडा गाउँका २९ परिवार अहिले खुल्ला ठाउँमा बसिरहेको गुरुङले बताए।

पीडितलाई घर छाडेर अन्यत्र बसे पनि पानी पर्न थालेपछि पहिरोले सिंगो गाउँनै बग्ला कि भन्ने डरले भगवान पुकार्दै बसिरहेको उनको भनाइ छ। उनले भने सिंगो गाउँलाई नै पहिरोले चिरा चिरा परेको छ जाउँ भने कता जाउँ बसौं पहिरोले लग्ला भन्ने डर छ। त्यस्तै पहिरोले नयाँबस्ती, छिरिन्ते, हेदाङ्नागढी, खोकताक, नुम, आम्राङ, सोलाखानीका कतिपय घरपरिवार जोखिममा परेका छन।

सम्बन्धित समाचार