पथरीमा नगरपालिका केन्द्र विवाद: सर्वोच्चको फैसला कार्यान्वयन नगरे संघर्षको चेतावनी



पथरी : मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको केन्द्र कहँ राख्ने विषय पेचिलो वन्दै गएको छ ।

सर्वाेच्च अदालतले समेत नगरपालिकाको केन्द्र पथरीशनिश्चरे १० स्थीत भुटानी शरणार्थी शिवीरमा राख्ने आदेश दिएपनि विभिन्न वहानामा केन्द्रलाई पथरीशनिश्चरे १ मै राख्न लागिएको स्थानियवासीले आरोप लगाएका छन् । शनिवार भुटानी शरणार्थी शिवीरमा सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गराउने संर्घष समितिले पत्रकार सम्मेलन गरेर विभिन्न वाहानामा नगरपालिकाको केन्द्र अन्य ठाउँमा राख्न नहुने बताएएको हो ।

संर्घष समितिका संयोजक पर्शुराम कार्कीले यो वा त्यो वाहानमा नगरपालिकाको केन्द्र तोकिएभन्दा बाहिर स्विकार नहुने बताए । उनले भने,‘नगरपालिका घोषणा अघि नै नगरपलिकाको केन्द्र बारे सवै ठाउँबाट निर्णय भइसकेकोले नगरपालिकाको केन्द्र तोकिएकै ठाउमा हुन्पर्ने हाम्रो अडान हो ।’ नगरपालिकाको केन्द्र भुटानी शरणार्थी शिवीर रहेको ठाउ उपयुक्त भएको समेत कार्कीको भनाइ छ ।

पत्रकार सम्मेलनमा वितरीत प्रेश विज्ञप्तीमा २०६८ श्रावण ३२ गते साविक पथरी गाविस र शनिश्चरे गाविसका राजनैतिक दलको सर्वदलिय निर्णय अनुसार केन्द्र साविक शनिश्चरे १ को शरणार्थी शिवीरमा रहने र पथरी गाविस वाट ७ वटा वडा र शनिश्चरे गाविसलाई ८ वटा वडा निर्धारण गरि नगरपालिका घोषणा गर्ने सहमती भएको उल्लेख छ । भौतिक संरचना निर्माण नहुन्जेल साविक पथरी गाविसको कार्यालयलाई नै नगरपालिकाको केन्द्र वनाउने र पछि प्रस्तावित स्थानमा केन्द्र राख्ने निर्णय भएपनि कार्यान्वयन नभएको संर्घष समितीको भनाइ छ । २०७२ वैशाख २५ गते नेपाल भरिका ७२ वटा नगरपालिका घोषणा हुदा पथरीशनिश्चरेलाई नगरपालिका घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार