टेम्केमैयुङ गाउँपालिकाको पाचौं गाउँ सभा सम्पन्न



भोजपुर ८ असार ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको पाचौं गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा मार्फत आगामी आर्थीक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गरको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, पर्यटन, जलविद्युत् विकासमा मुख्य प्राथमिकता दिएको छ । आगामी आर्थीक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुनील राईले शैक्षिक क्षेत्रको विकासका लागि प्रत्येक वडाका एउटा विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठन पाठन गर्ने बताए ।

त्यस्तै प्रत्येक विद्यालयमा इन्टरनेट पु¥याउने निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले घरेलु उद्योग तथा साना उद्योग विकास, होमस्टेको प्रवद्धन, मुन्धुम पदमार्गमा लागानी, गाउँपालिकामा स्वच्छ खानेपानीको व्यवस्था गरी एक घर एक धाराको निति अवलम्बन गरेको छ ।

जेष्ठ नागरीकका लागि भलाकुसारी गर्ने ठाउँ बनाइने, अपाङगता भएका व्यक्तिलाई बढि प्राथामिकता दिइने, गाउँपालिकामा जडिबुटिको उत्पादन र प्रवद्धनका लागि कृषकलाई प्रोत्साहान गर्ने लगाएतका निति तथा कार्यक्रम समावेश गरेको छ । जनतालाई स्वास्थ्य सेवा सहज र पहुँच योग्य वनाइने, कृषीमा व्यवसायीकरण तर्फ उत्पे्ररण जगाइने निति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार