ताम्कु । संखुवासभाको सिलिचोड गाउँपालिका तीन ताम्कुको खानीगाउँमा रहेको नागीटार अत्यन्तै मनमोहक र रमणिय छ । टारको विचमा पोखरी, वरिपरि मैदान, मैदान भन्दा वरिपरि घना जंगल । गाउँपालिकाले यस क्षेत्रमा पुग्नको लागि टारसम्म सडक पुराएको छ । पिकनिक ‘स्पट’को रुपमा रहेको यस क्षेत्रलाई गाउँपालिकाले पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ कार्य गरिरहेको बताईएको छ ।
तस्विरः ध्यान कुलुङ/खेवाहाङ मेवाहाङ
प्रतिक्रिया