मकालु गाउँपालिका मा एकसातादेखि पहिरोमा थुनिएका ५3 जनाको उद्धार



संखुवासभा ः पहिरोका कारण एकसातादेखि थुनिएका सङ्खुवासभाको मकालु गाउँपालिका–५ पेपुवाका ५3 जना स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारेको हो । पहिरोले पूर्ण विस्थापित उनीहरुलाई नुममा लगेको सांसद राजेन्द्र गौतमले बताउनुभयो  ।पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । सांसद गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई सोमबार  राहत सामग्री वितरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार