संखुवासभामा जिल्ला स्तरीय लिग फुटबल सुरु



संखुवासभामा जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सदरमुकाम खाँदबारीमा पहिलो चरण सम्पन्न भएर दोस्रो  चरणमा प्रवेश भएको छ । दोस्रो चरणमा जिल्लाका विभिन्न ८ क्लवहरु विच खेल सुरु भएको हो । प्रतियोगितामा जिल्लाका एड्भान्स क्लव, खाँदबारी युथ क्लव, हाङथुम क्लव, मिरमिरे युवा क्लव, लोहोरुङ युवा क्लव लगायतका टिमले सहभागिता जनाएको छन् ।
प्रतियोगितामा जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली कांग्रेसका जिल्ला सभापति दीपन कुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । जिल्ला लिग प्रतियोगितामा प्रथम हुने टिमले १ नम्बर प्रदेश स्तरीय लिग खेल्न पाउने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष भरत कुमार घिमिरेले जानकारी दिनु भयो । लिग प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो ।

सम्बन्धित समाचार