रुद्राक्षको बोटको जरामा अज्ञात समुहले विषाधी हाले



पाँचखपन, पाँचखपन नगरपालिकाको वडा नं। ६ मा अज्ञात समूहले रुद्राक्षको जरामा विषाधी प्रयोग गरि मार्ने प्रयास गरेका छन् । स्थानीय गोविन्द बहादुर श्रेष्ठको बहुमुल्य रुद्राक्षको बोटको जरामा अज्ञात समुहले विषाधी प्रयोग गरि मार्ने प्रयास गरेको पाँचखपन सहकर्मी भिम तामाङले जानकारी दिए । रुद्राक्षको बगानमा बहुमुल्य रुद्राक्ष फल्ने एउटा बोटको जरामा विषाधी प्रयोग गरिएको हो । उक्त रुद्राक्ष १७ लाखमा स्थानीय सुबोध श्रेष्ठलाई ठेक्का दिइएको थियो ।

बोट पहेँलिदै गएपछी हेर्न जाँदा रुखको फेदमा करिब २ महिना अगाडि नै विषाधी प्रयोग गरिएको हुनसक्ने गोबिन्द बहादुर श्रेष्ठले नागरिक चासोलाई बताए । ठेक्का लिनेदिने क्रममा नै बैनाबट्टा गरिएको कागजमा प्राकृतिक कारणले क्षति भए ठेक्का लिनेले र मानविय कारणले क्षति भए बोटवालाले नै व्यहोर्नु पर्ने दुवै पक्षले जनाएको छ । विषाधी कस्ले र किन लगाएको भन्ने अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचार