गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि त्रियुगा नगरपालिकाका विद्यालय बन्द



असार ११, २०७६ उदयपुर :  उदयपुरको त्रियुगा नगरपालिकाको शैक्षिक क्षेत्रमा तीन दिने बिदा दिने घोषणा गरेको छ।   सोमबार बसेको त्रियुगा नगर कार्यपालिकाकाले बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिन बिदा दिने घोषणा गरेको हो।  असारको पछिल्लो हप्तादेखि उदयपुरको तामक्रम ४३ डिग्रीदेखि ४७ सम्म पुग्न थालेपछि विद्यालयहरुमा गर्मी बिदा दिइएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले बताए। ‘

अत्याधिक गर्मीकाकारण उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्थाहरु पठनपाठन प्रभावित भएकोा छ,’ उनले भने, ‘सवैभन्दा बालबालिका प्रभावित भएपछि शैक्षिक संस्था बिदा गरिएको हो।’ पछिल्लो एक हप्ता तापक्रम बढेसँगै बालबालिकाहरु बिद्यालयमै बेहोस हुन थालेपछि बालबालिकाको समस्यालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए।

गर्मीको कारण बिद्यालयमै बेहोस हुन थालेका छन्। नगरपालिकाको शिक्षा इकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको थियो। गर्मीका कारण भित्री मधेसमा पर्ने कटारी, त्रियुगा, बेल्टार, रामपुर क्षेत्रमा सर्वसाधरण समेत प्रभावित भएका छन्।

सम्बन्धित समाचार