भोजपुरको पोखरेमा सिंचाई सम्बन्धी तीन दिने तालिम शुरु



भोजपुर, १३ असार ।
भोजपुर नगरपालिका ८ पोखरेमा नेतृत्व विकास कार्यालय तथा द्धितिय व्यवस्थापन सम्वन्धी तीन दिने तालिम आजबाट शुरु भएको छ । नयाँ प्रविधिमा आधारित सिंचाई योजना सम्वन्धी

जानकारी तथा उपभोक्ता समितिलाई व्यवस्थापनको वारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । जलश्रोत तथा सिंचाई विकास कार्यालय भोजपुरको आयोजनामा भएको तालिममा खार्लातिम फोहोरा सिंचाई योजनाका पदाधिकारी तथा उपभोक्ता गरि ३७ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक खम्व वानियाले जानकारी दिए । ।

खार्लातिम फोहोरा सिंचाई योजनाका अध्यक्ष दिल वहादुर कठेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति जलश्रोत तथा सिंचाई विकास कार्यालय भोजपुरका प्रमुख  मोहन वावु यादव रहेका थिए । कार्यक्रममा वडा अध्यक्ष गोपाल कार्की स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार