कोरियन भाषा परीक्षामा १२ हजार नौ नेपाली



असार १३, २०७६ काठमाडौं : रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिएकाहरूको नतिजा सार्वजनिक भएको छ। भाषा परीक्षामा १२ हजार नौजना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ।  भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। जसमा कृषि क्षेत्रमा कृषि क्षेत्रमा दुई हजार ८७६ र उद्योग क्षेत्रमा नौ हजार १४३ जना विद्यार्थी पास भएका छन्।  आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। यसअनुसार परीक्षा पास भएर पनि दुई हजार विद्यार्थी भने कोरिया जान पाउने छैनन्।

सम्बन्धित समाचार