पाँचखपन नगरपालिका एकमा वडा सभा सम्पन्न



पाँचखपन नगरपालिका वडा नं. १ को वडासभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न वडा सभामा ३ सय पचास भन्दा बढि कार्यक्रम तथा योजना माग भई आएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले नागरिक चासोलाई जानकारी दिए । सभामा प्रमुख अतिथि नगरपालिकाका मेयर विपिन राई तथा उपमेयर भिमादेवी राई विशिष्ट अतिथि रहेका थिए । वडाका बुद्धिजीवि तथा समाजसवीहरुको उपस्थितीमा भएको सभा सम्पन्न भएको छ ।

सभाका सभापति वडाध्यक्ष टेक बहादुर बुढाथोकीका अनुसार माग गरि आएका योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ । वडाको केन्द्र मुढेमा आयोजित भेला सम्पन्न संगै बन्द सत्र सुरु भएको छ ।

सम्बन्धित समाचार