मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु



असार १४, २०७६ भद्रपुर (झापा) : स्कुटरलाई मोटरसाइकलले  ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। शुक्रबार भएको घटनामा दमक नगरपालिका ७ बस्ने २७ वर्षीया रम्ता श्रेष्ठको मृत्यु भएको प्रहरी कार्यालय झापाका नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक ४ चिया बगान स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५१ प ५७८ नम्बरको २२० सिसीको प्लसरले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको हो। प्रहरीले मोटरसाइकलसहित चालक मिक्लाजुङ गाउँपालिका ६ बस्ने २५ वर्षीय ऋषिवर कार्कीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार