चिया पत्ती किन्नै नसक्ने गरी महंगाे भएकाे भन्दै ५२ उद्योग बन्द



इलाम । स्थानीय तहले निर्धारण गरेको मापदण्डअनुसार किसानसँग चिया किन्दा घाटा हुने भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् ।

मापदण्डअनुसार चिया किन्दा करोडौँ घाटा भएकाले ‘सूर्योदय टी प्रोर्डक्सन’मा आबद्ध ५२ चिया उद्योग बन्द भएकाे हाे । नगरपालिकाले लागू गरेको कार्यविधिमा कम्तीमा प्रति किलो ४० रुपैयाँ दिनुपर्ने मापदण्ड मान्य नहुने भन्दै उद्योगीले विरोध स्वरुप उद्योग बन्द गरेका हुन् ।

सूर्योदय टी एशोशिएशनका सचिव गोपाल कट्टेलले सिजनको राम्रो चियालाई प्रति किलो ५० भन्दामाथि दिन सकिने उल्लेख गर्दै सबै सिजनमा त्यसरी मूल्य दिन नसक्ने बताए । उनले चियाको गुणस्तर र बजार समस्याले किसानलाई उचित मूल्य दिन नसकिएको स्पष्ट पारे । किसानले उत्पादन गरेको चिया उद्योगले किन्नुपर्ने भएकाले कम गुणस्तरको चिया लिँदा मापदण्ड पालना गर्न नसकिने उद्योगको भनाइ छ ।

सम्बन्धित समाचार