शौचालयको हजमा ४ जना कामदारको मृत्यु, ३ जना घाईते



 

मोरङ स् मोरङको सुनवर्षी नगरपलिका ९ मुसलमान टोलमा शौचालयको हजमा रहेको काठको सेटिङ खोल्ने क्रममा ४ जना कामदारको निसास्सीएर मृत्यु भएको छ ।

शनिबार दिऊँसो साढे ४ बजेको समयमा उक्त स्थानको मर्कस मस्जिदको कम्पाउण्डमा निर्माणाधिन अवस्थामा रहेको शौचालयको हजमा रहेको काठको सेटिङ खोल्न हज भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका ९ का ४५ बर्षीय कपिल आलम, २० बर्षीय मो।फिरोज, बर्ष १९ को सहनवाद र बर्ष २२ को मो।ओसिब आलम निसास्सीएर गम्भीर घाईते भएका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलि र स्थानियवासीको समेत सहयोगमा घाईतेहरुलाई उद्धार गरी उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा उनिहरुको आजै पौने ६ बजे मृत्यु भएको ईलाका प्रहरी रङगेलीले जनाएको छ । उद्धार गर्ने क्रममा घाईते भएका ३ जना कामदार सामान्य उपचार पश्चात डिश्चार्ज भएको उक्त कार्यालयले जनाएको छ

सम्बन्धित समाचार