खुवासभाको पाँचखपनमा बेमौसमी तरकारी खेति तालिम सम्पन्न



संखुवासभा, संखुवासभाको पाँचखपनमा बेमौसमी तरकारी खेति तालिम सम्पन्न भएको छ । एस एन आर टि पीले पाँचखपन नगरपालिका ७ बिहिबारेमा सञ्चालन गरेको तालिम शनिबार सम्पन्न भएको हो । सात दिनसम्म सञ्चालन गरिएको तालिममा चैनपुर बाह्रविसे सडक अन्तरगत हेवा खोला देखि वाना भिरकुनासम्मका सडकले प्रभावित क्षेत्रका किसानहरुको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रम स्थानीय सडक उपभोक्ता समितिका उपाध्यक्ष पर्सुराम राईको अध्यक्षतामा भएको थियो भने पाँचखपन नगरपालिका ७ का वडाध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । तालिमबाट जुन सुकै समयमा विभिन्न तरकारी खेति गर्न सकिने ज्ञान हासिल भएको तालिममा सहभागी किसानहरुले बताए ।

सम्बन्धित समाचार