सर्लाहीमा गाेली चल्याे, एककाे घटनास्थलमै मृत्यु



सर्लाही र पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेमा गोली चलेको छ । आन्दोलनकारी र प्रहरी बिच ढुंगामुढा भइ अवस्था तनाव ग्रस्तहुँदा हरीले हवाई फाइर गरेको हो । हिजो साँझ ईश्वरपुर नगरपालिकामा पोखरीमा बच्चा डुबेको विषयलाई लिएर सडक आन्दोलन गर्न पुगेका आन्दोलनकारीमाथि गोली प्रहार भएको थियो ।
गोली लागेर स्थानिय २७ बर्से केवल महतोको मृत्यु भएको बताइएको छ । भने जनपदका सात प्रहरी तथा सशस्त्रका तीन जना घाइते भएका छन्।

शनिबार साँझ सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमित बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
सोही घटना पश्चात स्थानिय र बालकका आफन्त आक्रोशित भई सडकमा अवरोध गर्न पुगेका थिए ।

जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा खोलामा अवैध उत्खनन गरेकोेले उत्खनन् गरी बनाइएको खाल्डोमा परि बालकको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार