एक करोड ५६ लाखको भ्रष्टाचार मुद्दा



काठमाडौं अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका नायव सुब्बा ललित कुमार झा र उनकी श्रीमती सुचिता देवी झाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ।

पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झा दम्पतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

२०४० सालमा सार्वजनिक सेवामा प्रवेश गरेका झाले २०७६ सम्म २ करोड २८ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको देखिएको छ। त्यही अवधिमा उनले आफू र श्रीमतीको नाममा राखेको र लगानी गरेको चल अचल सम्पत्ति तीन करोड ८५ लाख ४३ हजार देखिएको अख्तियारले जनाएको छ।

जम्मा सम्पत्तिमध्ये एक करोड ५६ लाख ७९ हजार रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको अख्तियारको दाबी छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले झा र श्रीमतीविरुद्ध एक करोड ५६ लाख ७९ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद सजाय र गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको बताए।

सम्बन्धित समाचार