आज धरान र इटहरीको फाइनल खेल



धरान : धरानमा भइरहेको सुनसरी जिल्ला नकआउट फुटबल प्रतियोगितामा धरान फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरी बीच फाइनल खेल हुने भएको छ ।

राष्ट्रिय जागृती (राजा) क्लबले आइतबार सेमिफाइनलमा दुहबीको इलेभेन एरोज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा धरान फुटबल क्लबसँगको भेट पक्का गरेको हो । धरान रंगशालामाआज  दिउँसो ३ बजे हुने फाइनल खेल हुने एन्फा सुनसरीले जनाएको छ ।

यस अघि धरान फुटबल क्लबले टेम्के–११ लाई पराजित गरी फाइनल प्रवेश गरिसकेको थियो । प्रतियोगितामा सुनसरीका ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले कोशि क्षेत्र अन्तर्गत सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका जिल्ला विजेताहरुसँग लिग खेल्नेछ । लिगको विजेताले एक नं. प्रदेश मुख्यमन्त्री लिग खेल्ने मौका पाउनेछ भने राष्ट्रिय लिग छनौट खेल्ने मौका समेत पाउनेछ । बिहीबारबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार