संखुवासभाको सिसुवाखोलामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान



खाँदबारी । जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको होयेंला भन्ने स्थानमा गोेली हानाहान भएको हो ।

घटनापछि त्यस क्षेत्रमा थप प्रहरी पठाएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मिमबहादुर लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मानविय क्षती भने भएको छैन । दुवै तर्फबाट गोली चलेपछि स्थानीयमा भने त्रास फैलिएको छ । केहि समयको गोली हानाहान भएपछि विप्लपका कार्यकर्ताहरु भागेको प्रहरीले जनाएको छ ।
सदरमुकाबाट दुई दिन पैदल उत्तर उक्त स्थानमा प्रहरी टोली गइसके पनि पुग्न सकेको छैन।

सम्बन्धित समाचार