सिलिचोङ गोली काण्डः एक विप्लप कार्यकर्ता पक्राउ




ताम्कु । सोमबार (आज) विहान सिलिचोङ गाउँपालिका वडा नम्बर १ सिसुवाखोलाको होयेङ्लामा विप्लप कार्यकर्ता र प्रहरी विच गोली हानाहान भएपछि भागेका एक विप्लप कार्यकर्ता पक्राउ परेका छन् ।

घटनापछि विप्लप कार्यकर्ताको तिब्र खोजी गरिरहेको प्रहरीले सिसुवाखोलाको तेन्छो भन्ने गाउँबाट पक्राउ गरेको हो । घटनापछि गाउँमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको एक स्थानीय नेताले ईमकालु अनलाईनलाई जानकारी दिनुभयो । यद्धपी पक्राउ परेको विषयमा प्रहरीले भने पुष्टि गरेको छैन ।

अहिले घटना स्थल र वरिपरि प्रहरीको बाक्लो उपस्थिति छ । केहि समयअघि काठ्माण्डौबाट सेनाको तीन वटा हेलिकप्टरबाट ५४ जना सशस्त्र प्रहरी घटनास्थल पुगेको छ । त्यस्तै, १७ जना प्रहरी सशस्त्र प्रहरी बेस क्याम्प खाँदबारीबाट पनि पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

स्थानीयका अनुसार केहि दिन अघि चार जनाको संख्यामा विप्लप कार्यकर्ता गाउँ प्रवेश गरेको थियो । आईतबार साँझ मात्र करिब २५ जनाको संख्यामा विप्लप कार्यकर्ता गाउँ प्रवेश गरेको स्थानीयले बताएका छन् । विप्लप कार्यकर्ता गाउँ पसेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको प्रहरीले दावी गरेको छ ।

 

यो पनि पढ्नुहोस ।
सिलिचोङ गोली काण्डः सेनाका तीन हेलिकोप्टर घटनास्थल पुग्यो

सम्बन्धित समाचार