नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वाना मा वि लाई



पाँचखपन, नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी वाना मा।वि। वानाले हात पारेको छ । मंगलबार देखि वानामा शुरु भएको प्रतियोगितामा वाना मा।वि।ले उपाधी चुमेको हो । वानाले ५ वटा स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित जम्मा १५ पदक प्राप्त गर्दै विजयी हासिल गरेको हो ।

यस्तै जलजला मा।वि।ले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरि जम्मा १३ पदक प्राप्त गरि द्दितिय हुन सफल भएको छ । त्यसै गरि जम्वावती मा।वि।ले ४ स्वर्ण, २ रजत र १ कास्य सहित जम्मा ७ पदक प्राप्त गरेर तृतिय भएको छ ।

पाँचखपन नगरपालिका अन्तर्गत माध्यमिक विद्यालय तहका विद्यार्थीहरुको सहभागीतामा वाना मा।वि।को खेल मैदानमा प्रतियोगिता भएको थियो । पाँचखपन नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भित्रका ७ वटा मा।वि।को सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार