विदेशमा अभिभावक गुमाएका १२ सय ८३ विद्यार्थीले छात्रवृत्ति पाउने



काठमाण्डौ – यो वर्ष वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाउने १२ सय ८३ विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने निर्णय गरेको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले प्राप्त भएका निवेदनका आधारमा आर्थिक वर्ष २०७५र०७६ का लागि ४८ जिल्लाका विभिन्न विद्यालयमा पढ्ने ६ सय ६५ छात्र तथा ६ सय २८ छात्रा गरी जम्मा १२ सय ८३ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको हो ।

छात्रवृत्तिका लागि असार मसान्तभित्र बोर्ड सचिवालयमा आइपुग्ने गरी निवेदन पठाउन पनि बोर्डले आह्वान गरेको छ । छात्रवृत्ति पाउनेमा सबैभन्दा बढी झापामा ८१ र महोत्तरीका ८० जना विद्यार्थी छन् ।

सम्बन्धित समाचार