पाँचखपन नगरपालिका वडा नं. ६ को वडासभा सम्पन्न



पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. ६ को वडासभा सम्पन्न भएको छ । बुधबार वाना सामुदायिक भवनमा सञ्चालन भएको सभामा वडाअध्यक्षले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष नरेश कुमार श्रेष्ठले २३ वटा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार माग भई आएका योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ । सभामा नगर प्रमुख विपिन राई, उपप्रमुख भिमादेवी राई, वडाका बुद्धिजीवि तथा समाजसवीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार