ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु



पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिका ३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ ।

बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी टोली खटि गई चालक तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार