त्रिशूली नदीमा ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु



चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन। अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।

सम्बन्धित समाचार