संखुवासभामा ब्लड बैक निर्माण गर्न लङमन्ट हिमालयज् लायन्स क्लबद्धारा आर्थिक सहयोग संकलन



नेपालको दुर्गम जिल्ला संखुवासभामा ब्लडबैंक निर्माण गर्ने उद्धेश्यले कोलोराडोमा लन्च खाउं सहयोग गरौं कार्यक्रम सम्पन्न भयो । कोलोराडोकोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा ब्लडबैंक निर्माणगर्न सहयोग संकलन कार्यक्रम सम्पन्न भएको हो ।

एक्काइशौं सताव्दिमापनि नेपालका कतिपय जिल्लाहरुमा सुत्केरी भएका महिलाहरु र दुर्घटनामा परेका ब्यतिहरुको रगतको अभावले अकालमा जिवन गुमाई रहेकोले संखुवासभामा लगायत नेपालका दुर्गम जिल्लाहरुमा ब्लड बैंक निर्माणकोलागी सहयोग संकलनगर्ने अभियान शुरुगरिएको लङमन्ट लायन्सका पूर्व अध्यक्ष एबं ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठले बताए ।

लङमन्ट स्थित फायरहाउस आर्टसेन्टरमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुतगदै उनले संखुवासभाको हालको स्वास्थ्य स्थितीको डाटा समेत प्रर्दशन गरेका थिए । ब्लडबैक शुरुआत गर्न तत्काल चाहिने १४ हजार डलर बराबरको सामान लिष्ट देखाउदै उनले दाताहरुलाई दिलखोलेर सहयोग गर्न आग्रह गरे । यो शुरुआतमात्र भएको र यो अभियान निरन्नतर चलिरहने भएकोले सबै संघ संस्था तथा दाताहरुलाई यस पुण्यकार्यमा संघै अघिबढ्न अनुरोध गरे ।

कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदी लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।

त्यस्तैगरी कार्यक्रममा उपस्थित अन्य संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, सगरमाथाका सफल आरोही रोहित श्रेष्ठ,बुद्धीजिवी, समाजसेवी, ब्यवसाही पत्रकार तथा स्थानीय सर्वसाधारणको उपस्थिती थियो ।

संस्थाका अध्यक्ष विकल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम, लङमन्ट हिमालयज् लियो क्लवका उपाध्यक्ष आश्वीनी श्रेष्ठले संचालन गरेकी थिईन ।

कार्यक्रममा १ हजार ११ डलर सहयोग संकलन भएको संस्थाका कोषाध्यक्ष संजय प्रधानले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व डिष्ट्रिक गर्भनर केननोर गिलले यदी लङमन्ट लायन्सले ब्लड बैंक स्थापनाको लागी सामग्री किन्न आवश्यक १४ हजार मद्ये ७ हजार संकलन गर्न सके ६ नर्थ ईष्ट डिष्ट्रिकले ७ हजार थपिदिने आश्वासन दिए । यसैगरी ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिलले आफुले सक्दो सहयोगगर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेलले नेपालमा रगत संकलनको स्थिती र यसको आवश्यकता र महत्वबारे चर्चा गरेका थिए ।

सम्बन्धित समाचार