खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या



सप्तरी / मादक पदार्थ सेवन गरेका एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन् ।

सुरुङ्गा –१ का वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए । उनले खुकुरी देखाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ । खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार