मादीमा १५ दिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न



मादी, संखुवासभाको मादीमा आधारभुत सिलाईकटाई तालिम सम्पन्न भएको छ । असार ५ गते देखि सञ्चालन भएको तालिम बिहिबार सम्पन्न गरिएको हो । तालिम मादी नगरपालिकाको प्रायोजन तथा सन्दिप एण्ड दिपा टेलर्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो । नगरपालिकाका ९ वटै वडाबाट छनौट गरिएका २० जनालाई तालिम दिइएको सहकर्मी सुमन दाहालले जनाए । उक्त तालिममा मुख्य प्रशिक्षक समिता खतिवडा र सहायक प्रशिक्षकमा कुमारी बर्देवा र योगकुमारि कार्की रहेका थिए ।

कार्यक्रममा बोल्दै मेयर विदुर लिङथेपले तालिममा सिकेको सिपलाई व्यवसायीक रुपमा रुपान्तरण गर्नु पर्नेमा जोड दिए । सहभागीको तर्फबाट बोल्दै मुना कडेलले तालिम अत्यन्तै छोटो भएको हुनाले धेरै कुरा सिक्न नपाईएको बताइन्। बजेट ३ लाख मात्रै रहेकोले सहभागिहरुलाई धेरै कुरा सिकाउन बजेट अभाव भएको मादी सिलाईकटाई तालिम केन्द्रका प्रो घनेन्द्र कार्कीले नागरिक चासोलाई बताए ।

कार्यक्रममा दावा छत्र शेर्पा, सिकाई केन्द्रका अध्यक्ष दयानन्द दाहाल, गणेश कुमार दाहाल, १ नं वडाध्यक्ष खेमनाथ कटुवाल, जितेन्द्र बर्देवा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार